इटहरी । दिपावली , नेपाल संवत ,छठ पुर्जा लगायतका चाडपर्वहरुको अवसर पारेर बह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले शुभकामना आदानप्रदान सहित चैतन्य झाँकी प्रस्तुत कार्यक्रमको आयोजना गरेको छ ।
बह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमुख सञ्चालिका बह्मकुमारी शारदा सिटौलाको अध्यक्षता तथा जनता वहुमुखी क्याम्पस इटहरीकी प्रमुख गिता अधिकारीको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान तथा चैतन्य झाँकी प्रस्तुत कार्यक्रमको आयोजना गरिएको हो ।
सो कार्यक्रममा लोक तथा दोहोरी गायिका गंगा गौतमले गित प्रस्तुत गरेर सहभागिहरु लाई मनोरञ्जन गराएकि थिन भने बालबालिकाहरु समेत तिहार केन्द्रीत गितमा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा लक्ष्मीको झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रममा समाजसेवी राजेश श्रेष्ठ, अनन्त विष्ट , लक्ष्मण हुमागाई, सुशिला आचार्य लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
बह्मकुमारी राजयोग सेवा केन्द्रले विभिन्न चाडपर्वको समयमा विशेष झाँकी सहितका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।




















