धरान । मानिसलाई शान्ति प्राप्तीका लागि आत्मज्ञान महत्वपूर्ण हुने तर्फ मध्यनजर गर्दै सुनसरीको धरानमा जीवन दर्शन सम्वन्धी प्रवचन प्रस्तुत गरिएको छ । आत्मज्ञान प्रचार संघ धरानको आयोजनामा जीवन दर्शन सम्वन्धी आत्मज्ञानका प्रवद्र्धक प्रेम रावतको प्रवचन सुनाइएको हो । धरान क्षेत्रका विभिन्न पेशा व्यवसायमा आवद्धहरुको सहभागितामा आयोजित जीवन दर्शन सम्वन्धी आत्मज्ञान कार्यक्रममा प्रस्तुत गरिएको प्रवचनमा मानिस शान्ति खोज्न अरु ठाउँ भौतारिने गरे पनि शान्ति आफै हुन्छ, खोजिरहनु पर्दैन भन्ने सन्देश प्रवाह गरिएको थियो । शान्तिका विषयमा गरिएको प्रवचनलाई सहभागीहरुले उत्साहपुर्वक सुनेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले वताए । कार्यक्रममा सहभागी नेपाली काँग्रेसका १ नम्बर प्रदेशका महामन्त्री उमेश थापाले बाहिरी संसारमा नभुली आफूले आफैलाई बुझन सके शान्ति आफैभित्र हुने सन्देश प्रवद्र्धक राउतको प्रवचनबाट प्राप्त गर्न सकिएको वताए । प्रवचन कार्यक्रममा सहभागी अन्य व्यक्तिहरुले पनि शान्ति प्राप्तीका लागि महत्वपुर्ण रहेको प्रतिक्रिया दिएका छन । कार्यक्रममा १ नम्बर प्रदेशका पुर्व प्रमुख गोविन्द सुब्बा , धरान उपमहानगरपालिका वडा नम्बर १४का वडाध्यक्ष कृष्णप्रसाद भट्राई प्रा.डा. अस्मिता विष्ट लगायतको सहभागिता रहेको थियो ।




















