धरान । चाडवाडको समयमा प्रयोग हुने फुल प्राकृतीक रुपमा सोचे अनुसारको उत्पादन हुन नसकेपछी कृतीम फुलहरुले स्थान पाउँदै गएका छन । केही वर्ष यतादेखी बजारमा प्राकृतीक सयपत्री मखमली लगायतका फुलहरुको अनुपातमा दोब्बर मात्रामा कृतीम प्लास्टीकका फुलहरु देखीने गरेका छन । एकातर्फ स्थानीय उत्पादनले माग धान्न नसक्दा भारतबाट आयात भएका फुल नेपाली उपभोक्ताले महंगो मुलयमा कीन्नुपर्ने बाध्यता त छर्दै छ,अझ कृतीम फुलले वातावरणमा पार्ने नकारात्मक प्रभावको लेखाजोखा छुट्टै छ । 

विद्युतिय बत्तीको माग  पछिल्ला केही वर्ष यता देखि पुर्वी नेपालमा तिहारको समयमा अधिक हुन थालेको छ । तिहारको समयमा झिलीमिली बत्ती बाल्ने गरिन्छ । सहज रुपमा बजारमा पाइने विद्युत लाईन भएको समयमा जतिवेला पनि बलिरहेन भएका कारण पनि उपभोक्ताहरुका रोजाईमा विद्युतिय बत्ती पर्न थालेको हो । विभिन्न आकर्षक डिजाईनमा पाइने विद्युतिय बत्तीहरु सहज रुपमा प्रयोग गर्न सकिने भएका कारण पनि बर्षेनी तिहारको समयमा विद्युतिय बत्तीको माग वढ्ने गरेको छ ।

तिहारको समयमा तर पनि माटोको दियोहरु अन्य समयको तुलनामा बढी प्रयोग गर्ने गरिन्छ । बाहिरी सजावटका लागि विद्युतिय बत्तीहरु प्रयोग गरेपनि पुजा गर्न र पुजा कोठामा बाल्न  दियो प्रयोग गर्ने गरेको दियो किन्दै गरेकी दिपा राई वताउछिन ।fg

 माटोको दियो प्रयोग गर्ने क्रम हराउदै गरेको र विक्री समय विगत पाँच वर्ष देखि धरानमा कम हुदै आएको माटोको दियो वेच्दै आएकी  अनिता भगतले वताइन । उनले दिपावलीको समयमा माटोको दियो वेच्दै आएको र विद्युतिय बत्ती प्रयोग गर्न सजिलो हुने भएकाले मानिसहरुले माटोको दियोको सट्टा विद्युतिय वत्ती किन्न थालेको सुनाउछिन ।

धरानमा विक्रीका लागि ल्याइने माटोको दियो लगायतका सामाग्रीहरु स्थानीय तथा सदरमुकाम इनरुवा लगायतका ठाउँहरुबाट ल्याइने गरिएको छ ।