धरान । स्तन क्यान्सर समयमै पहिचान उपचार गर्न सके निको हुने भएपनि हेलचेक्राइका कारण महिलाहरुले ज्यान गुमाउन परिरहेको तर्फ मध्यनजर गर्दै सुनसरीको धरानमा सचेतना र्याली गरिएको छ । रोटरी क्लब अफ धरान फुटहिल्सले  स्तर क्यान्सर भएका महिला तथा विशेषज्ञ चिकित्सकहरु समेतको सहभागितामा सचेतना मुलक कार्यक्रमको आयोजना गरेको हो । सचेतनाका कार्यक्रममा सुरुमा थाहा नहुँदा धेरै महिलाहरुले ज्यान गुमाउनु परिरहेको तर्फ मध्यनजर गर्दै समयमै परिक्षण गर्न चिकित्सकहरुले सुझाव दिए । समयमै स्तन क्यान्सर भएको पहिचान गरी उपचार सेवा सुरु गर्न सकिए निको हुने कार्यक्रममा सहभागी चिकित्सकहरुले जोड दिएका छन । उपचार गरे निको हुने हुँदा चिकित्सकहरु विरामीले आत्मवल बढाएर उपचारमा संलग्न भए स्तन क्यान्सर निको हुने वताउछन । विरामीहरु भने आफु विरामी अन्य मानिसहरुले अझ जटिल वनाइ दिने गरेको सुनाउदै आफु उपचारमा लाग्ने र आत्मबल वढाउने हो भने निको रहेछ भन्छन उपचार गराई रहेका तथा गराई सकेका विरामीहरु ।  चिकित्सकहरु पनि विरामीले अरु कुरा नभई चिकित्सकको सल्लाह अनुसार उपचार गराउनु पर्ने वताउछन ।dfg चिकित्सकहरुले खानपिन , व्यायम चिकित्सकको सल्लाह अनुसार गर्न पनि सुझाव दिएका छन । कार्यक्रममा डा.शारदा खड्का , डा.अञ्जु प्रधान लगायतले स्तन क्यान्सरका विषयमा सचेत हुन र समयमै उपचार गराउनु पर्ने सुझाव दिएका थिए ।