इटहरी ।  हिन्दुहरुको दोस्रो महान चार्ड तिहारको अन्तगर्तको यमपंचक सुरु भएको छ । यमपंचक सुरु भएसंगै तिहारका लागि आवश्यक साम्रागीहरुको किनमेल गर्नेहरुको बजारमा भिड देखिन थालेको छ  । दिदी वहिनी र दाजुभाईसंग जोडीएको महत्वपुण चाड दिपावली अर्थात तिहार पुर्वी नेपालमा पनि हर्सोेल्लासका साथ मनाउने गरीन्छ । विशेष गरी तिहारको समयमा भाइटिकाको अत्यान्त ठुलो महत्व रहने गरेको छ । ffg

 तिहारका लागि आवश्यक सामाग्रीहरु किने सुम्यफाव्य हुने मान्यता राखिन्छ । आजकै दिन सुनचाँदी र काडाँहरु जोड्ने परम्परा समेत रहदै आएको छ । धनतेरसका दिन पुर्वी तराईका बजारहरुमा सुनचाँदी र भाडाँ पसलहरुमा उपभोक्ताको भिड लाग्ने गरेको छ । तर यस वर्ष अपेक्षाकृत रुपमा व्यापार हुन नसकिरहेको इटहरीका सुनचाँदी व्यवसाय गर्दै आएका सन्तोष श्रेष्ठ वताउछन । उनले मानिसहरुसंग पैसा नभएर पनि होला सुनचाँदी मात्र नभएर अन्य सामानहरु समेत किन्नेहरुको चहलपहल कम रहेको पाइएको सुनाउछन ।

सन्तोष मात्र हैन इटहरीमा सुनचाँदीको व्यापार गर्दै आएका अर्का व्यवसायी दिपक श्रेष्ठ पनि यस वर्ष इटहरी धनतेरसका दिन विगतको तुलनामा हुन नसकेको वताउछन । यता इटहरीमा भाडाँ पसल सञ्चालन गर्दै आएका दलवहादुर श्रेष्ठ भने धनतेरसका दिन व्यापार राम्रो भई रहेको र आगामी दिनमा समेत राम्रो हुने अपेक्षा गर्दछन ।

तिहारलाई फुल र वत्तीको पर्वको रुपमा समेत लिइने गरीन्छ । तिहारको समयमा घरघरमा वालिने वत्तीले गाउसहर नै सजिएका हुन्छ । यो समयमा पुजा साम्रागी देखि लिएर , विभिन्न किसीमका वत्ती, खाध्यान्नका समाग्रीहरुको समेत अघिक विक्रि वितरण हुने गरेको छ । तिहारका लागि आवश्यक पर्ने यस्ता सामाग्रीहरुको किनमेल गर्नेहरुको बजारमा चहलपहल बढेको देखिन्छ । अन्य समयको तुलनामा पुर्वी नेपालका बजारहरुमा तिहार केन्द्रीत सामाग्रीहरुको माग बढेको छ । तिहारका लागि आवश्यक पर्ने फुल ,वत्ती , झिलीमीली वत्ती , भाइ मसाल,लुगा किन्नेहरुको बजारमा चहलपहल बढेपनि विगतको तुलनामा कारोवारहरु नभएको व्यापारीहरुले गुनासो रहेको छ । काग तिहार देखि भाई टिका सम्मको पाँच दिन अर्थात यमपञ्चक भरी विशेष पुजा अर्चना गर्ने गरिन्छ ।