इटहरी । सुनसरीको इटहरीमा रहेको समन्वय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार बर्षे सहकारी रणनीति योजना तालिम सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको समन्वय बचत तथा ऋण सहकारीले आफना पदाधिकारी, लेखा समिति, सबै उपसमिति , कर्मचारी तथा सेयर सदस्यहरुका लागि दुई दिने ४ बर्षे रणनीति योजना तालिम उपलव्ध गराएको हो । मोरगंको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा रहेको तृष्णा होटेलमा दुई दिन सम्म सञ्चालन गरिएको तालिममा सहकारीका ५१ जनाको सहभागिता रहेको थियो । तालिममा संस्थाका सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणलाई मध्यनजर गर्र्दै आफनो सहकारीको नियमाबली , कार्यविधी र निर्देशिका संशोधन तथा आवश्यकता अनुसार थप गर्ने जस्ता बिषयवस्तु समावेश गरिएको थियो । तालिममा मुकेश दाहाल र सुमन सुबेदीले सहजीकरण गरेका र हाल सम्म संस्थाको इटहरीका वडा नम्बर १०,११,१२ र १३मा कार्यक्षेत्र रहेको संस्थाका लेखापाल दिपेश चौधरीले वताए । कुल सेयर सदस्य १ हजार १ सय ५० रहेको र कुल पँुजी १ करोड ९४ लाख र लगानी ८ करोड भन्दा बढी रहेको जनाइएको छ ।




















