इटहरी । सुनसरीको इटहरीमा रहेको श्री कृष्ण प्रणामी मन्दिर मुत्तिधाम क्षेत्रको सरसफाइ तथा दशै तिहारको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
श्री कृष्ण प्रणामी मन्दिर मुत्तिधाम क्षेत्रको हिन्दु नेपालिहरुको महान चाडपर्व दशै, तिहार तथा छैठ पर्व नजिकिए सगैँ तथा विशेष गरेर दशै पर्वलाइ मध्यनजर गर्दै मन्दिर परिषद भित्र पुर्वी पृतनाका नेपाली सेनाहरुले मुत्तिधाम क्षेत्रको सरसफाइ गरेका थिए । भने सोहि कार्यक्रमको अवसरमा पुर्वी पृतनाले सोहि मुत्तिधाममा आश्रय लिरहेका वृद्ध,वृद्धाहरुको लागी खाद्यननका सामागी्र वितरण गरेका थिए । त्यस्तै गरि मुत्तिधाम क्षेत्रले विजय दशमी, शुभ दिपावलि तथा छैठ पर्वको अवसर पारेर शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको थियो । 
चाडपर्व नजिकिदै गरेको समयमा मन्दिरमा भत्तजनहरु ब्ढि आउने भएकाले मन्दिर भित्रको सरसफाइ नेपाली सेनाले गरेको छ । र समितिले विभन्न सद्भाव कार्ययम गर्नको लागी शुभकामना राखिएको वृहतर मुत्तिधामक्षेत्र विकास समितिका अध्यक्ष हेम घिमिरेले बताए ।
त्यसै गरि शुभकामना आनदन प्रदान कार्यक्रम हेम घिमिरेको अध्यक्षता भएको थियो । भने प्रमुख अतिथि इटहरी उप महानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल रहेका थिए । सोहि कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पुर्वी पृतनाका पृतना पति सहदेव खड्का रहेका थिए । भने सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, इटहरी उद्योग वाणिज्य संघ अध्यक्ष भिम बहादुर पौडेल लगाएतका विभिन्न अतिथिहरुको सहभागीता रहेको थियो ।




















