दुबई । तीन वर्ष देखि सिजन मिडिया प्रालिले  प्रदान गर्दै  आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट  ३४ जना सम्मानित भएका छन् । 

देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा शुक्रबार एक कार्यक्रमकाबिच प्रदान गरेको हो ।

सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर  प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को(चियर डा. रोबेट एस किट्टेल र  पूर्व मन्त्री एकनाथ ढकालको हातबाट प्रदान गरेको सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिए ।305266467_628736938922357_2379140748863641712_n

जसअन्तरगत पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाए भने  पवन अधिकारीले मिडिया ईन्टरपृनियर अवार्ड, नारायण पौडेलले हस्पिटालिटि अवार्ड,जीवन घिमिरेले बेस्ट  सिभिल इन्जिनियरिङ अवार्ड, प्रकाश लकान्द्रीले बेस्ट एजुकेसन अवार्ड, देबराज डंगोलले सोसल वर्कर, रमिला खत्रीले तेक्वान्दो कोच एन्ड ईन्टल रिफ्रेस अफ द इयर अवार्ड पाएका हुन ।304826791_903698721035074_8317259696240208412_n

यस्तै,   रोजिन शाक्यले आइकोनिकक फेसन कोरियोग्राफर,  धर्मराज गोसाइ  हस्पिटल एण्ड हेल्थ केयर मेनेजमेन्ट अवार्ड, विकाश खतिवडाले कमर्सियल फोटोग्राफर अवार्ड पाएका छ्न । उक्त कार्यक्रममा अन्य २ दर्जन बढीलाई बिभिन्न अवार्ड प्रदान गरिएको आयोजक सिजन मिडियाका अध्यक्ष  प्रदिपराज वन्तले बताए ।

सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष  वन्तले बताए ।

सन् २०१९ मा कोभिड–१९ को महामारीका कारण प्रोफेसनल एचिभमेन्ट अवार्डको दोस्रो संस्करण नेपालमै आयोजना गरिए पनि तेस्रो संस्करण दुबईमा नै गरिएको हो ।