उर्लाबारी । पछिल्लो समय काठामान्डौका मेयर बालेन्द्र शाहले महानगरपालिकाको नक्सा हेर्दै धमाधम अवैध संरचनाहरु माथी डोजर चलाईरहेका छन् ।
काठमान्डौलाई सास्कृतिक शहर बनाउने प्रण लिएर गत स्थानियतहको निर्वाचनमा काठमान्डौको मेयरमा निर्वाचित भएका शाहले यतिवेला खोजीखोजी सार्वजनिक सम्पती हडपेर बनाइएका अवैध संरचनाहरु भत्तकाई रहेका छन् ।
देशको राजधानी काठमान्डौलाई सुन्दर बनाउन मेयर बालेन अहोरात्र खटिरहेका छन् भने धरानका मेयर साम्पाङ् धरानले वर्षौदेखी खेप्दै आएको खानेपानी समस्या समाधनका लागि हरेक दिन श्रमदान मार्फत काम गरेरे स्थानिय सर्दु खोला र निशाने खोलाको पानी धरानमा झार्न सफल भएका छन् । उनिहरुको यो कामको यतिबेला सारा देशवासी नै दिवाना बनेका छन् ।
हो, उनिहरुको जस्तै आँट, साहस र हिम्मत यतिवेला उर्लाबारी नगरपालिकाका जनताले पनि मेयर गंगाप्रसाद खरेलको काम हेर्न चाहेका छन् ।
निर्वाचनताका बेलामा उर्लाबारीका मेयर खरेलले उर्लाबारीलाई ‘क्लिन उर्लाबारी’ का रुपमा विकास गरेर लैजाने प्रतिवद्धता गरेका थिए । तर उनी निर्वाचित भएको १ सय दिन भन्दा बढी भै सकेको छ । यो अवधिमा उनले चुनावमा बोलेको ‘क्लिन उर्लाबारी’ भन्ने नाराको उपलव्धी यति वेला कहीँ पुगेर अड्कियो की कुन रद्धिको टोकरीमा पस्यो कसैलाई थाहा छैन् ।
उर्लाबारीमा सार्वजनिक बाटो, कुलो, पैनी मासेर बनाइएका धेरै संरचनाहरु छन् जसका कारण बर्षातको समयमा उर्लाबारी डुवानमा पर्ने गरेको छ भने नक्सापास विना बनाइएका अवैध संरचनाहरुका कारण सार्वजनिक बाटोहरु साँगुरीएका छन् जसले गर्दा बाटोमा दुर्घटनाको उच्च जोखीम पनि छ ।
उर्लाबारीमा अघिल्लो स्थानिय सरकारका पालामा निर्वतमान मेयर खड्ग फागोले अवैधरुपमा निर्माण हुदै गरेका संरचनाहरु र सडकमा राखिएका निर्माण सामाग्रीलाई हटाएर उर्लाबारीलाई फराकिलो र सफा बनाउने अभियान चलाएका थिए ।
उनले त्यसताका अवैध रुपमा सडक क्षेत्राधिकार मिची निर्माण थालिएको उर्लाबारी(३ मा अम्विका खतिवडाको संरचना र उर्लाबारी(४ मा निर्माण भएको केशव सुवेदीको संरचनामा डोजर चलाएर पहुँचका भरमा मनमर्जी गर्नेहरुलाई सवक सिकाएका थिए । भने सार्वजनिक बाटो, कुलो, पैनी मास्नेमाथी फागोले कानुनी डण्डा चलाएर विचौलीयाहरुलाई साइजमा ल्याएका थिए ।
उर्लाबारीमा यो ‘एट एक्सन’ मा काम भएका उदाहरणहरु मात्रै हुन तर अझै पनि उर्लाबारीमा सार्वजनिक पैनी र पार्किङ मिचेर बनाइएका नक्साविहिन संरचनाहरु यथावत नै छन् ।
उर्लाबारीमा सार्वजनिक पैनी मिचेर निर्माण गरिएको भन्दै निकै चर्चामा आएको उर्लाबारी(३ का प्रकाश थापाको संरचना, उर्लाबारी हाटखोलामा बाटो मिचेर निर्माण गरीएको आन्नद फागोको संरचना, पंकज शाक्यको संरचना लगाएत पार्किङ मिचेर बनाइएका अन्य थुप्रै संरचनाहरु भएतापनि नगरपालिकाले त्यस्ता संरचना हटाउन वा नियमसंगत रुपमा कार्यान्वयन गराउन अहिले सम्म कुनै कदम चालेको छैन् ।
हैकमवादी सोच भएका थापाले पैनी मिचेर बनाएको घरका कारण विगत ७र८ वर्ष देखी पैनी नै गाएव भएको छ । थापाले पहुच र पावरका भरमा सार्वजनिक पैनी नै मिचेर ३ तले घर बनाएपछि थापामाथी स्थानियले उर्लाबारी नगरपालिकामा निवेदन दिएका थिए । निवेदनका आधारमा नगरपालिकाले छानविन गर्दा उनले सार्वजनिक पैनी मिचेको प्रमाणीत भएको थियो ।
आफुले पैनी मिचेको प्रमाणति भएपछि थापाले नगरपालिकामा निवेदन दिने माथी हुलहुज्जत नै गरेर जाइलागेका पनि थिए । भने सार्वजनिक पैनी मास्ने थापाको अवैध कार्यका बारेमा उर्लाबारीबाट प्रकाशित हुने ‘राष्ट्रिय समाचरपत्र’ ले समाचार प्रकाशन गरेपछि उनले पत्रिकाको कार्यालयमै गएर पत्रकारमाथी हातपात गर्नुका साथै धाकधम्की दिएर हैकमवादी प्रवृतिको ताण्डप देखाएका थिए ।
थापाका विरुद्धमा बोल्ने र लेख्नेमाथी नै उनी जाइलाग्न थालेपछि उर्लाबारी नगरपालिकाले थापाको घर भत्काउनका लागि अदलती प्रक्रिया अगाडी बढाएको थियो । सो प्रक्रिया अनुरुप अदालतले थापाले पैनी मिचेर बनेको संरचना हटाउन आदेश दिए पनि तत्कालिन सयममा स्थानियतहको निर्वाचन मिती घोषणा भै सकेका कारण निर्वाचन आचारसहिता अनुसार नगरपालिका सो काम गर्नबाट बञ्चित भएको थियो।
त्यसपछि उर्लाबारीमा गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएर आए । निर्वाचत ताका उनले ‘क्लिन उर्लाबारी’ बनाउने ठुलाठुला भाषणहरु प्रसस्तै गरे र जनतालाई आशवसन बाडेर मत पनि जिते तर आफु निर्वाचित भएपछि उनले ति सवै कुराहरुलाई विर्से विर्सीन सम्म पनि यतिसम्म विर्से की अदलतले पैनी, कुलो, सार्वजनिक जग्गा अधिक्रमण गरेर बनाएका संरचना हटाउनु भनेर दिएको आदेशलाई सम्म उनले कार्यान्वयन गराउन सकेका छैनन् ।
नगरपालिकामा अदालतले थापाले पैनी माथी निर्माण गरेको अवैध संरचना हटाउनु भनेर दिएको आदेश त्यसै छ । नगरपालिकामा अदलतले पठाएको आदेशको प्रतिलिपी भएतापनि थापाले भने यता धमाधम सोही अवैध घरमा तला थप्दै गइरहेका छन्। नगरपालिका टुलुटुलु हेरेर बसेको बसै छ ।




















