झापाका समाजसेवी शेर बहादुर थापा लाई आउने मंसिर ४ गतेको चुनावमा दुई स्थान बाट स्थानियले चुनावमा उठन आग्रह गरे पछि उनी कहा बाट उठने भन्ने विषयमा अलमल परेको बताउछन । उनले मंसिर ४ गतेको चुनावमा झापा क्षेत्र नं २ को ख बाट उठने घोषणा गरेका थिए । उनको समाजसेवाको मुल्याकंन गर्दै झापा क्षेत्र न ४ का थापाका समर्थकले प्रतिनिधि सभा मार्फत उठन अनुरोध आएको उनी वताउछन ।
नेपाली काग्रेस परित्याग गरि स्वतन्त्र भएका थापाले स्थानिय चुनावमा कन्काई नगर पालिकाको मेयर पदमा उम्मेद्वार बनेर निकटतम प्रतिद्धन्दी .वनेका थिए । चुनाव हारे पछि पनि जनताको सेवामा निरन्तर लागी परेका थापा लाई झापा क्षेत्र नं २ र ४ का थापा समर्थकले उनलाई रोज्न चाहेको देखिन्छ झापा क्षेत्र नं ४ मा नेकपा एमालेका एलपि सावाको चर्चा संगै नेपाली काग्रेसका झापा जिल्ला अध्यक्ष देउमान थेवेको पनि यो क्षेत्रमा उम्मेद्वार हुने आकाक्षा रहेको देखिन्छ यदि थापाले यो क्षेत्रबाट उम्मेद्वार घोषणा गरेमा थापाको जनप्रिय लोकप्रियता सहित त्रिपक्षिय प्रतिष्प्रदाको अनुमान गर्न सकिन्छ । थापा स्वतन्त्र बाटनै उठने तयारी रहेको उनले वताए ।




















