इटहरी। “योगदान रास्ट्रका लागि” ग्रामथान गाउँपालिका शाखाको अध्यक्षमा उमानाथ सापकोटा सर्वसहमत चयन भएका छन्।
शनिवार आयोजित मोरङ जिल्ला अन्तरगत ग्रामथान गाउँपालिका शाखा कार्यसमिति गठन तथा सदस्य वितरण कार्यक्रमले सापकोटालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
त्यस्तै कार्यसमितिको उपाध्यक्षमा निशा कार्की चयन हुँदा सचिवमा नवीन कुमार माझी , सह सचिबमा धिराज मुडियारी ,कोषाध्यक्षमा दुर्गा रिजाल , सल्लाहकार सदस्यमा ज्ञाननाथ भट्टराई , दिपक मिश्र ,धुर्ब श्रेष्ठ ,तुलशी पुरी चयन भएका छन । सदस्यहरुमा सुगम सुवेदी , सुवाश कार्की, जगदिश यादब , धर्मेन्द्र कुमार थानदार , रुपेश राजवशी , उमा गुरागाइ , निरुता कार्की ,रोहन भेट्वाल , रेवतराज ढ्काल लेलिन कुमार चौधरी ,राजकुमार सुथियार , दिपक उराउ , सुवास गच्छदार गरि २४ जनाको समिती गठन भएको छ । 
योगदान राष्ट्रका लागि नेपाल मोरङ जिल्ला अध्यक्ष सम्योग ढ्कालको सभापतित्व साथै ग्रामथान गाउँपालिकाका पालिका अध्यक्ष जयप्रकाश गच्छदारको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्राथमिक उपचारको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको सामाजिक संस्था भएकाले गाउँपलिकामा पनि सामाजिक काम संगै प्राथमिक उपचारको बारेमा तालिमहरु संचालन गर्न तथा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग गर्ने लगायतको क्षेत्रमा योगदान रास्ट्रको लागि” सस्थाले काम गर्दै आएको मोरङ जिल्ला अध्यक्ष ढकालले जानकारी दिएका छन ।




















