धरान । नेपाल सरकारले राष्ट्रिय परिचय पत्रका लागि वडा स्तरबाटै सेवा दिन थालेको छ । सुनसरीको धरान उपमहानगरपालिकामा पनि वडाहरुबाटै सेवा दिन थालिए पनि पुराना नागरिकता भएका जेष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र वनाउन समस्या हुदै आएको छ ।

राष्ट्रिय परिचय पत्रलाई नेपाल सरकारले प्राथमिकतामा राखेपछि राष्ट्रिय परिचय पत्र वनाउन सेवाग्राही पनि आकर्षित भई रहेका छन । तर राष्ट्रिय परिचय पत्रका लागि जेष्ठनागरिकहरुले सास्ती भोग्नु परिरहेको छ । धरान उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि आउने कतिपय जेष्ठ नागरिकहरुसंग  पुरानो नेपाली कागजे  नागरिकता मात्र रहने  विवाह र  वसाई वसाई सराईका कागजात नहुने हुँदा झन्झटिलो वन्न पुगेको छ । राष्ट्रिय परिचय पत्रका लागि बराई सराई र विवाह दर्ता हुनु पर्ने भएपनि जेष्ठ नागरिकहरु आफुहरुसंग नभएको कारण समस्या भएको गुनासो गर्दछन । 

कागतका नागरिकताको समयमा विवाह नखुलाईने तथा त्यस समयमा वसाई सराईको चलन नभएको  धरान आएर वस्दै आएका जेष्ठ नागरिकहरुसंग वसाईसराई र विवाह दर्ता खोजिदा समस्या परिरहेको धरान उपमहानगरपालिका वडा नम्बर १६का वडाध्यक्ष मुरारी भट्टराई वताउछन । वडाध्यक्ष भट्टराई आफुहरुले मिलाउन सक्ने कामहरु गरेर सेवाग्राहीहरुलाई सहज वनाउदै आएको समेत जानकारी दिए । 

त्यसै गरी धरानकै वडा नम्बर १४का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई पनि आफनो वडामा १५ दिन देखि राष्ट्रिय परिचय पत्रका लागि काम भई रहेको र सुरुसुरुमा समस्या भएपनि अहिले आफुहरुले सक्ने काममा सहज वनाउदै आएको सुनाउछन । 

राष्ट्रिय परिचय पत्रका लागि धरानमा युवाहरु पनि सेवा लिन आईरहेका छन । युवाहरुसंग भने आवश्यक पर्ने सवै कागजात हुने भएका कारण समस्या नभएपनि पुरानो पहाडे कागतको नागरिकता भएका तथा वसाई सराई र विवाह दर्ता उल्लेख नभएका जेष्ठनागरिकहरुका लागि झन्झटिलो वनेको छ ।