धरान । धरान उपमहानगरपालिका क्षेत्रलाई फोहोरमुक्त वनाउने अभियान सञ्चालन भई रहेको छ । यसै क्रममा धरान उपमहानगरपालिकाको वडा नम्बर १६को जनपथमा सडक क्षेत्रको सरसफाईलाई मध्यनजर गर्दै नेपाली काँग्रेस धरान नगर समितिका सदस्य बालकुमार राईले डस्टविन वडालाई उपल्वध गराएका छन । वडा क्षेत्र साथै हालै निर्माण सम्पन्न भएको सडक क्षेत्रको सफाईका लागि सहयोग पुर्याउने उद्धेश्यले राईले डस्टविन उपलव्ध गराएका हुन ।   हालै निर्माण सम्पन्न भएको धरान १६को जनपथको सडक नमुना सडक क्षेत्रलाई फोहोर मुक्त वनाउन वडाले काँग्रेस सदस्य राईलाई आग्रह गरेपछि राईले डस्टविन उपलव्ध गराएको वडाध्यक्ष मुरारी भट्टराई वताउछन । उनले भर्खर वनेको नयाँ बाटो १६ नम्बर वडाको गहना भएको भन्दै जथाभावी रुपमा गुड्का खाएर फोहोर गर्ने प्लाष्टिक तथा अन्य फोहोर नफ्याक्न वडाध्यक्ष भट्टराईले वडावासीलाई आग्रह समेत गरे । 

धरान क्षेत्रलाई फोहोरमुक्त वनाउने अभियानमा धराने जनताहरुले समेत साथ दिदै आएका छन । यही क्रममा नेपाली काँग्रेस धरान नगर समितिका सदस्य बालकुमार राईले वडालाई १७ वटा डस्टविन उपलव्ध गराएका छन । जनपथमा निर्माण भएको नमुना सडकलाई फोहोरमुक्त वनाउन सहयोग गरेको र अन्य यस्ता कार्यक्रममा समेत सहयोग गर्न आफु तयार रहेको डस्टविन दाता राई जानकारी दिए । 

सडक क्षेत्रमा चाउचाउ, विस्कुट , अन्य सामानहरुका खोल तथा सुर्तिजन्य वस्तु  गुट्का लगायतका खोलहरु फ्याकिने गरिएका कारण पनि फोहोरमैला हुने गरेको तर्फ मध्यनजर गर्दै सडक क्षेत्रमा डस्टविन राख्न थालिएको छ ।