इटहरी । नेपाली नागरिकहरूलाई राष्ट्रिय पहिचान सहितको बहुउपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले शुरु गरेको राष्ट्रिय परिचयपत्र वितरण कार्य नेपाल सरकारले सुरु गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ । वडा नम्बर ६ ले वडावासीलाई सहज वनाउन रिजाल भिजनमा राष्ट्रिय परिचय पत्रका लागि सेवा प्रदान गर्दै आएको छ । वडावासी कोही पनि नछुटुन भनेर वडा कार्यालयले टोलटोलको पालो वनाएर परिचय पत्रका लागि आउने व्यवस्था मिलाएको छ ।
नेपाली नागरिकका लागि बहुउपयोगी बायोमेट्रि स्मार्टकार्ड राष्ट्रिय परिचय पत्र उपलव्ध गराउने नीति अनुसार परिचय पत्र वितरण काम नेपाल सरकारले गर्दै आएको छ । सुनसरीमा पनि राष्ट्रिय परिचय पत्रका लागि जिल्लावासीहरुले सुरुका दिनमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय जानु पर्ने बाध्यता रहदै आएको थियो । पछिल्लो समयमा आएर आफुलाई पायक पर्ने स्थानको पालिकाबाट लिन सकिने व्यवस्था मिलाइएको छ । सोही अनुसार सुनसरीको इटहरीमा पनि राष्ट्रिय परिचय पत्रका लागि वडा नम्बर ६मा लगायतका वडाहरुमा पनि काम हुदै आएको छ । वडा नम्बर ६ ले वडावासीलाई सहज वनाउन रिजाल भिजनमा राष्ट्रिय परिचय पत्रका लागि काम गर्ने वातारवण मिलाएको र कोही पनि नछुटुन भनेर टोल विकास संस्थाहरुसंग समन्वय गरे पालो अनुसार दिन छुट्याइएको वडा सदस्य दिनेश प्रधानले जानकारी दिए ।
राष्ट्रिय परिचय पत्रका लागि वडावाट काम हुने भएपछि वडावासी समेत उत्साहित वनेका छन । यस भन्दा अघि जिल्लामा जानु पर्दा समय वढी लाग्ने गरेकोमा अहिले सजिलो भएको वडावासी माधव न्यौपाने वताउछन ।
नेपाल सरकारले वडा स्तरबाट राष्ट्रिय परिचय पत्र दिने व्यवस्था मिलाएपछि नागरिकहरुलाई सुविधा भएको अर्का सेवाग्राही पुष्प घिमीरे वताउछन ।
यस अघि राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मात्र पाउने व्यवस्था रहेको समयमा सेवाग्राहीले लामो लाईन वस्नु पर्ने टाढाटाढा देखि जानु पर्ने लगायतमा समस्याहरु झेल्दै आएका थिए । अहिले वडा स्तरबाटै राष्ट्रिय परिचय पत्र लिन पाउने व्यवस्था मिलाएपछि सेवाग्राहीहरुलाई समय र खर्च वचत भएको छ भने लाइन वस्नु पर्ने वाध्यता समेत हटेको छ ।




















