मोरगं । मोरगंको उर्लाबारीमा रहेको जिवन ज्योति महिला साना किसान कृषि सहकारीको नयाँ कार्य समिति  कोपिला खनालको अध्यक्षतामा चयन भएको छ । 

  उर्लाबारी नगरपालिका वडा नम्बर  ९ दुर्गापुरीमा रहेको जीवन ज्योति महिला साना किसान कृषि सहकारी संस्थाको ७ औं साधारण सभाले खनालको  अध्यक्षतामा  ११ सदस्य  कार्य समिति सर्वसम्मतले चयन गरेको हो । 

  साधारण सभाले  तारा देवी पौडेलको संयोजकत्वमा ३ सदस्य लेखा समिति पनि सर्वसम्मतमा चयन गरेको छ । संस्थाकी अध्यक्ष हिरा श्रेष्ठको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको साधारण सभाले आगामी चार वर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ । महिलाहरुले कृषिसंग जोडिने सहकारी सञ्चालनमा ल्याएर पशु व्यवस्थापन ,पशुको उपचार तालिम , तरकारीको विउ वितरण, तरकारी खेती लगायतका कृषि सम्वन्धी तालिम सञ्चालन गर्दै आएको छ । साधारण सभामा कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख खरेल , जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रवीन्द्र आचार्य लगायतले कृषि सहकारीका विषयमा बोलेका थिए । सो कार्यक्रममा  उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी साथै अन्य विधामा समेत  सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । यस संस्थामा आवद्ध कृषकहरूले मलको डिलर, सामूहिक खेती, डेरी सञ्चालन गर्दै आएका  छन् । हाल यस सहकारीमा संस्थाले १हजार ४सय ३८ जना सेयर सदस्य रहेका छन।