उर्लाबारी । विभिन्न कारणले सहकारी संस्थाहरु एकपछि अर्काे धरासयी हुने क्रण बढी रहेको समयमा मोरगंको उर्लाबारीमा रहेको सुर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ लाख रुपैया हिनामिना भएको पाइएको छ । सहकारीको रकम हिनामिना भएको कुरा वाहिरीएसंग सेयर सदस्यहरु आक्रोसित वनेका छन । सहकारीका अध्यक्ष लगायतले एक जना कर्मचारीले रकम हिनामिना गरेको आरोप लगाएपनि सेयर सदस्यहरु मिलोमतोमा रकम हिनामिना गरेर कर्मचारीलाई फसाउन लागेको भन्दै आफुहरुको रकम सुरक्षीत हुनु पर्ने माग गर्न थालेका छन ।
मोरगंको उर्लाबारी नगरपालिका वडा नम्बर ६मा रहेको सुर्य बचत तथा ऋण सहकारी संस्थाको २७ लाख रुपैया हिनामिना भए पाइएपछि वचतकर्ताहरु आक्रोसित वन्न पुगेका छन । संस्थाका बजार प्रतिनिधि रोजित पौडेलले सो रकम हिनामिना गरेको आरोप सञ्चालक समितिले लगाउदै आएको छ भने सेयर सदस्यहरु एक जनाले मात्र यत्ति ठुलो रकम हिनामिना गर्न नसक्ने तर्क गर्दै आएका छन । सो सहकारीले यस अघि पनि विना प्रमाण कर्मचारीहरुलाई रकम हिनामिना गरेको आरोप लगाउने गरेको पुर्व कर्मचारीले वताएकी छन । उनले सहकारीको हिसाव हेर्नु पर्ने व्यवस्थापक तथा प्रमुखले एउटा कर्मचारीले फटाइ गर्दा के हेरेर वसे भन्दै कर्मचारीलाई हिनामिनाको आरोप मात्र लगाइएको हुन सक्ने आशंका गरिन ।
त्यसै गरी अन्य सेयर सदस्यहरु पनि कर्मचारीले पठाई गर्याे भनेर एउटा कर्मचारीलाई कारवाही गरे जस्तो गरेर सञ्चालक समिति उम्कन सक्ने अवस्था नभएको तर्क गर्दछन । उनीहरु चैत्र महिना देखिको हिनामिना रहेको देखाउने तर असार मसान्तमा कसरी हिसावमिलान गरेर कोलोजिगं गरे भनेर प्रश्न गर्दछन । 
सञ्चालक समितिले आफनो सोझो छोरोलाई रकम हिनामिनाको आरोप लगाएर कारवाही थालेपनि यत्रि धेरै रकम छोराले हिनामिना गर्न नसक्ने कर्मचारीका बुवा होमप्रसाद पौडेलले गुनासो गरे । उनले आफुहरुको जग्गा समेत पास गराइएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन ।
सहकारीले पौडेल सहित अर्का एक कर्मचारीलाई पनि रकम हिनामिनाको आरोप लगाउदै आएको छ । सहकारीका अध्यक्ष तेजनाथ घिमीरेले एक जना कर्मचारीले ठगी गर्यो भन्दैमा सहकारीले नै ठगी गर्यो भन्न नमिल्ने र सदस्यको बचत , निक्षेप ,सेयर सवै सुरक्षीत हुने जानकारी दिए ।
सहकारीको रकम हिनामिनाका कारण सेयर सदस्यहरु वचत तथा सेयर जोखिममा पर्ने हो की भन्दै चिन्तीत वन्न थालेका छन ।




















