उर्लाबारी । निर्माण सुरु गरेर लामो समय देखि निर्माण सम्पन्न नगरी निर्माण गर्ने पक्षले लापरवाही पुर्ण ढंगले छोडेको उर्लाबारी मधुमल्ला सेतु सडक निर्माण काम पुन सुरु भएको छ । लामो समय देखि निमार्ण पक्षले लथालिगं वनाएर छोडेर सडकपछि सडक खाल्डाखुल्डी भएर आवतजावतमा समेत समस्या हुदै आएको थियो । सडक निर्माण नगरिएका कारण स्थानीयले पटकपटक आन्दोलन नै गरेका थिए । 

   पछिल्लो समयमा उर्लाबारी नगरपाकिा र मिक्लाजुगं गाउँपालिका का जनप्रतिनिधिहरु समेतको सहभागितामा सडक पुननिर्माणका लागि संघीय सरकारलाई घचघच्याएपछि सडक पुननिर्माण हुन थालेपछि उर्लावारी र मिक्लाजुगंका स्थानीयमा खुशियाली छाउन थालेको छ ।  

सडक भत्किएरको वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा सडक प्रयोग गर्न सास्ती हुदै आउको थियो । सवारी चलाउन समेत समस्या हुने गरेको थियो । सडकका कारण समस्या झेल्दै आएका स्थानीयले पटकपटक सडक निर्माणकै विषयलाई लिएर आन्दोलन गर्दै आएका थिए । स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु आएसंगै पुन स्थानीयहरु सडक निर्माणको माग राख्दै संघर्षमा उत्रन थालेपछि दुवै तर्फ जोडिन स्थानीय सरकार उर्लाबारी नगरपालिका र मिक्लाजुगं गाउँपालिकाका जनप्रतिनिधिहरु सहितको टोली सडक निर्माणका लागि पहल गर्न काठमाडौं गएका थिए । काठमाडौं पुगेर पहल समितिले आग्रह गरेपछि सडक निर्माण कार्यले तिव्रता पाउन थालेको स्थानीय मान बहादुर कार्कीे वताउछन । 

सडक निर्माणको काम थालेपनि रोकिएको र पटकपटक आन्दोलन नै गर्दा समेत पुन सडक निर्माण काम नगरिएका कारण अहिले सुरु भएको निर्माण कार्य पुरा हुनेमा पनि स्थानीयले आशंका गरिरहेका छन । पटकपटक काम थालेर ठेक्केदार भाग्दै आएका कारण अहिले एक दिन काम सुरु गरियो भन्दैमा ढुक्क हुने अवस्था नरहेको स्थानीय भेषप्रसाद पोखेरलले गुनासो गरे । 

उर्लाबारी देखी मिक्लाजुङको मधुमल्ला सम्म जोड्ने ७ किलोमिटर मात्र लामो सडक निर्माण कार्यपुरा भए पुर्वपश्चिम राजमार्गसंग जोडिन छोटो दुरी हुने छ । पुर्व पश्चिम राजमार्गसंग जोडिन छोटो दुरी भएपछि उपचारका लागि स्वास्थ्य संस्था र  उच्चशिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई  उर्लाबारी, दमक लगाएतका ठाउँहरु जान सहज हुने हुदाँ यो सडकको महत्व यस क्षेत्रका लागि ठुलो रहेको छ ।