दमक । भिरा इनकर्पोेरेशन प्रा लि दमकले आफ्नो प्रथम बार्सिक उत्सब  सम्पन्न गरेको छ । उक्त बार्षिकोत्बसका अवसरमा भिरा इनकर्पोेरेशन प्रा लि ले कम्पनि र डिलरमा उत्कृष्ट विभिन्न विधामा काम गर्ने कर्मचारीहरुलाई पुरस्कार वितरण गरेको छ । पुरस्कृत हुनेहरुमा कम्पनिको वाटर पिउरीफायर तर्फ सर्वश्रेष्ठ विक्री गर्ने कर्मचारी वविता श्रेष्ठ डिलरतर्फ सर्वश्रेष्ठ विक्री गर्ने कर्मचारीहरु चिनारी सप्लार्यस विर्तामोडका धन बहादुर बुढाथोकी एम एस सप्लार्यस दमककी वविता श्रेष्ठ यस्तै पथरीका राजु प्रधान विराटचोकका विकास भण्डारी होम प्लस इटहरीका फनिन्द्र प्रसाद पौडेल धरानका गौरव खड्का  र एम एस इन्टरप्राईजेजका चिम्नीतर्फका सर्वश्रेष्ठ कर्मचार्रीे अनिष थापा रहेका छन् ।kjhk यस्तै संस्था स्थापना काल देखि हालसम्म रहेर कम्पनिलाई योगदान दिईरहेका कर्मचारीहरु रोशन सापकोटा उत्कृष्ट टिम लिडरको भूमिका निर्वाह गरीरहेकी कंगना राई र संस्थाको उत्कृष्ट व्यवस्थापक भुपाल बस्नेत पुरस्कृत भएका छन् । यसैगरी पुरस्कार पाउनेमा विराटनगर डिलरका सेल्स एसोसिएट्स इन्द्र जोशी रहेका छन् भने टेक्निसियनहरु सन्दिप कार्की डि वी पुलामि मगर कुशल सत्याल र दुर्गा निरौला रहेका छन् । कार्यक्रममा कम्पनिका संचालकहरु तुल बिक्रम बस्नेत र बबिन बस्नेतले भिरा इनकर्पोेरेशन र एम एस इन्टरप्राइजेजले अहिले सम्म गरेको प्रगती र भावि योजनाको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए । भिरा इनकर्पोेरेशनले एक बर्षको अवधिमा प्रदेश १ मा ७ स्थानमा आफ्नो डिलरहरु संञ्चालनमा ल्याएर सेवा विस्तार गरीरहेको छ भने एम एस इन्टरप्राइजेजले लगभग २ सय काउन्टर बनाएको छ । कम्पनिले ग्राहकहरुको माग अनुसार दक्ष जनशक्ति मार्फत काम गरीरहेको भिरा इनकर्पोेरेशन एण्ड एम एस ईन्टरप्राईजेजका प्रवन्ध निर्देशक मोहन बस्नेतले बताए । यस्तै पछिल्लो समय सार्वजनिक स्थानहरुमा थुप्रीएको फोहोरले गर्दा पनि पानीको मुहानहरु प्रदुषित भईरहेका छन् जसले हैजाको जोखिम बढाईरहेको छ यस्ता खालका विभिन्न रोगहरुको न्युनिकरणको लागि पनि वाटरप्युरीफायरको उपयोग गर्न आवश्यक भएको कम्पनिका संचालक बिक्रम बस्नेतले बताए ।