इटहरी । प्रदेश नम्बर १ कै एक प्रमुख सहर इटहरीको मुख्य चोकको सौन्दयकरण गरिदै आएको छ । मुख्य चोक क्षेत्रको सौन्दर्यकरणको चर्चासंगै पुर्वपश्चिम र कोशी राजमार्गको संगम स्थलको विचमा केको प्रतिमा राखिने भन्ने विषयले चर्चा पाउदै आएको थियो । पहिले पुर्व राजा विरेन्द्रको शालिक राखिएको सो चोकमा सौन्दर्यकरण सहित हिमाल ,पहाड , मधेशी र  इटहरीको पहिलो जाती थारुको पहिचान झल्कने गरि प्रतिमा राखिने भएको छ ।hhfh  इटहरी चोकमा राखिने प्रतिमाका विषयमा सौन्दयकरणको चर्चासंगै बसह सुरु हुदै आएको थियो । पहिले पुर्व राजा विरेन्द्रको शालिक रहेको स्थान भएकाले  पुन पुर्व राजा विरेन्द्र कै शालिक राखिनु पर्ने कतिपयले  तर्क गर्दै आएका थिए भने कतिपयले इटहरीको साझा पहिचान झल्कने कुरालाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिदै आएका थिए । यसै विच सो स्थानमा इटहरीको पहिलो जाती थारु सहित  हिमाली , पहाडी , मधेशीको प्रतिमा र माथि पटी इटा र हरिस समावेश गर्न लागिएको स्रोतले वताएको छ ।  इटहरीको पहिलो जाती थारु समुदायको महिलाको प्रतिमा पुर्व तर्फ अन्य तर्फ हिमाली , पहाडी र मधेशीको प्रतिमाले इटा र हरिस बोकेको इटहरीको पहिचान समेटिने गरी राखिने तयारी गरिएको छ । यसरी साझा पहिचान झल्कने गरी चोकलाई सौन्दर्यकरण गरिने तयारीका साथ काम भई रहेको वुझिएको छ ।  यसै विच कतिपयले पुर्वपश्चिम राजमार्ग समेत विस्तार हुने हुँदा मुख्य चोकमा निर्माण गरिने भौतिक पुर्वाधार भत्कने भन्दै अहिले सौन्दर्यकरणका नाममा खर्च गर्नु नहुने तर्क समेत राख्दै आएका छन ।