सुनसरी । नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी कटान क्षेत्रको निरीक्षण गरेका छन । गत साउन १८ गते कोशीले उदयपुरको बेलका नगरपालिकाको डुम्रिवोटेबाट कटान गरी पश्चिम पसेको थियो । मन्त्री कार्कीले कोशी कटान क्षेत्र सहित पिडितहरुको स्थलगत अवस्थाका विषयमा जानकारी हासिल गरेका हुन । सोही क्रममा मन्त्री कार्कीले एक सय १६ परिवार कोशी पिडितहरुलाई राहत सामाग्री वितरण गरेका छन । मन्त्री कार्कीले राहत वितरणपछि कोशीको कटानको दिर्घकालिन समस्या समाधानका लागि सरकार गम्भीर रहेको समेत वताए । कोशी कटानका कारण उदयपुरको बेलका नगरपालिकाका विभिन्न पाँच वटा वडा र सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ प्रभावित वन्न पुगेको थियो ।




















