इटहरी । सरगमाथाको सर्वे र सर्वेक्षण गर्नेहरुका कथामा समेटर सर्वेयर खिमलाल गौतमद्धारा लिखित पन्घ्रौ चुलीका विषयमा इटहरीमा पुस्तक विर्मश गरिएको छ । साहित्यकार बद्री भिखारीको अध्यक्षतामा भएको प्रदेश नम्बर १ मा पुस्तक विर्मश कार्यक्रममा कथा संग्रहमा समावेश गरिएका कथाहरुका विषयमा चर्चा गरिएको हो । लेखक गौतमको पहिलो पुस्तक शिखरमै पुगेर सगरमाथा सर्वेक्षण गर्ने सर्वेयरको कथावस्तुहरु समावेश गरिएको पुस्तकमा सगरमाथाको सर्वे र सगरमाथाका विभिन्न विषयवस्तुहरु समावेश गरिएको छ । पुस्तकका विषयमा साहित्यकार टिका आत्रये र पर्यटन व्यवसायी बासुदेव बरालले चर्चा गरेका थिए । कार्यक्रममा पुर्व क्षेत्रका साहित्यकारहरुको सहभागिता रहेको थियो । 




















