धरान । निर्माण व्यवसायीहरुले डिजल, पेट्रोल विटुमिन लगायतका आफुहरुले प्रयोग गर्ने सामाग्रीको मुल्य वृद्धि अधिक भएको भन्दै निर्माण कार्य गर्न छाडेपछि नेपाल सरकारले अघि सारेका ठुलो योजनाहरुको निर्माण कार्य समेत प्रभावित बन्न थालेका छन । निर्माण व्यवसायीहरुले गरेको निर्माण होलिडेका कारण नेपाल सरकारको गौरबको आयोजना अन्तरगतको किमाथाँका रानी व्यापारी राजमार्गको निर्माण कार्य समेत प्रभावित वन्न पुगेको छ ।


निर्माण क्षेत्रमा काम गर्दा ढुवानीका लागि आवश्यक पर्ने डिजल,पेट्रोल सहित निर्माण सामाग्री विटुमिन लगायतमा भएको मुल्यवृद्धिले काम गर्न सक्ने अवस्था नरहेको भन्दै निर्माण व्यवसायी महासंघ मुलुकै भरी निर्माण होलिडे गरेका कारण किमाथाँका रानी व्यापारीक राजमार्गको निर्माण कार्य समेत प्रभावित भएको हो ।

किमाथांका रानी सडक खण्ड अन्तरगत रानी विराटनगर इटहरी धरान अन्तरगत निर्माण भई रहेको निर्माण कार्यको इटहरीको तरहरा देखि धरानको तिनकुने सम्मको निर्माण कार्य समेत निर्माण व्यवसायीको आन्दोलनका कारण प्रभावित वन्दा यो क्षेत्रको आवतजावतमा समस्या हुनथालेको छ । निर्माण कार्यका लागि सडक भत्काईएको तर निर्माण कार्य नगरिदा धुलो र खाल्डाखुल्डीले सवारी आवतजावत समस्या देखि दुर्घटनाको जोखिम समेत वढाएको गुनासो आउन थालेको छ ।fdg

आगामी २०८० सालको  आषाढ मसान्त सम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने तरहरा–तीनकुने सडक खण्डको  १० किलोमिटर क्षेत्रको काम रोकिएको छ । तरहरादेखि सेउती पुलसम्म प्यासिफिक विल्डर्स जेभी र सेउती देखि तीनकुन ेसम्म रौता कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ । निर्माण कार्य गर्दै आएको रौता कन्ट्रक्सनका सुपरभाइजरले निर्माण होलि डेका कारण केही दिन काम रोखिएको जानकारी दिए । उनले फेरी सडक निर्माण शुरु गरिने समेत वताए ।

जिर्ण सडक र तिव्र गतिका कारण दुर्घटना बढी रहेको  जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले वताउ छन ।

तरहरा देखि तीनकुने सम्मको सडक दुई प्याकेजमा ठेक्का स्वीकृत सडक निर्माणको कुल लागत ७५ करोड रहेको छ । सडकका अलावा सेउती पुलको ठेक्का हिराचन विल्डर्सले पाएको छ । २०७८ असारमा ठेक्का सम्झौता भएको उक्त पुलको कुल लागत ४ करोड ५० लाख रहेको छ । ०७९ माघ मसान्त सम्ममा सेउती पुलको निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।sd