इटहरी । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराध अनुसन्धानकालागि प्रहरी कर्मचारीलाई सुरक्षित र मजवुद् बनाउनुपर्नेमा जोड दिएका छन । नेपालप्रहरी प्रधानकार्यालय अपराध अनुसन्धान विभाग एवं १ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा संचालन भएको १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीमा बोल्दै मन्त्री कार्कीले अपराध अनुसन्धान क्षेत्रमा प्रदेश सरकारले जुनसुकै प्रकारको सहयोग गर्ने बताएका छन । गृहमन्त्रालयका केहीकर्मचारीको असहयोगका बावजुत पनि सरकारले आफ्नो प्रदेशमा प्रहरीलाई सुरक्षित बनाउनकालागि लागेको मन्त्री कार्कीले बताए । 
कार्यक्रमलाई सम्बोधन गर्दैै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पछिल्लो समय प्रबिधिको प्रयोग गरी धेरैजसो अपराधहरु बढिरहेको हुँदा त्यस्ता प्रकारका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रबिधी मैत्री हुनुको बिकल्प नरहेको बताए । उनले अपराध अनुसन्धानमा प्रमुख तिनपिल्लरको रुपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरुपण एक आपसमा समन्वय, सहकार्य मार्फत मात्र पिडितले न्याय र वास्तविक पिडकले सजाय पाउने कुरामा जोड दिए । 
कार्यक्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तम राज सुवेदी,आन्तरिक मामिलातथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, उच्चअदालत बिराटनगरका रजिष्ट्रार जितेन्द्र थपलिया, उच्चअदालत बिराटनगरका सह–न्यायाधिवक्ता कोषहरी निरौला, सुरक्षानिकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, प्रहरी कर्मचारीहरु लगायत १५० जनाको उपस्थित रहेको थियो । 




















