धरान । पछिल्लो समयमा गन्धर्व जातिका युवाहरुले अन्य पेशा व्यवसाय अपनाउन  थालेपछि सारंगी बजाउदै संदेशमुलक गितहरु गाउने उनीहरुको पुखौंली पेशामा संकटमा पर्न थालेको छ । सांरगी लिएर गाउने हिड्ने युवाहरुले पनि संदेश र समाचारमुलक गितका सट्टा आधुनिक ,पप लगायतका गितहरु गाउदै हिड्न थालेका छन । राज्यले समेत गन्धर्व जातिको पुखौंली पेशा सांरगी र लोक संदेशमुलक गीत संरक्षणमा चासो नदिदा गन्धर्वहरुको पुखौली पेशा संकटमा पर्दै आएको गुनासो गर्न थालिएको छ ।

 पुर्वी नेपालको भोजपुर जिल्लामा बसोबास गर्दै आएका गन्धर्वहरुले परापुर्वकाल देखि संदेश र सुचनाहरु प्रवाह गर्न सांरगी रेट्दै गित गाउदै हिड्ने गरेका थिए । सांरगी रेट्दै गन्धवहरु आइपुगे केही संदेश् लिएर आएको भन्दै मानिसहरु भेला भएर गन्धर्वका सांरगी र गितलाई चासो पुर्वक सुन्ने गर्दथे । तर पछिल्लो समयमा सांरगी रेट्दै गित गाएर परिवार चलाउन समस्या हुन थालेपछि गन्र्धव जातिका युवाहरु बैकल्पिक पेशा अपनाउन थालेका छन । यसरी युवा गन्धर्वहरुले पुखौली पेशा छोड्न थालेपछि उनीहरुको पुखौली पेशा समेत संकटमा पर्न थालेको छ । विभिन्न कारणले गन्धर्वहरुको पुरानो पेशा संकटमा पर्दै आएपछि संरक्षणमा जुट्न आफुले भन्दै आएको  अग्रज गायक सुरेश गन्धर्व सुनाउछन । राज्यले समेत गन्धर्वहरुको पुखौली पेशा  संरक्षणमा चासो नदिएको होकीे भन्दै उनले आफु धेरै नेताहरुसंग हिडेका भएपनि कसैले पनि गन्धर्वहरु र गन्धर्वको पुखौली पेशा संरक्षणमा  ध्यान नदिएको गुनासो गर्दछन ।11

 भोजपुरको अरुण गाउँपालिकाको जरायो टारका गन्धर्वहरु सांरगी रेट्दै गाउदै नेपाली लोक संस्कृतिको संरक्षणमा टेवा पुर्याउदै हिड्ने गरेका थिए । पछिल्लो समयमा धेरै युवाहरुले गाइने पेशा छोडेको र गाउने हिड्नेहरुले पनि आधुनिक र पप गित गाउन थालेपछि आफुहरुको पुरानो पेशा संकटमा परेको उनीहरु आफै स्वीकारछन ।

    २६ वर्ष देखि सांरगी लिएर विहाने देखि बेलुका सम्म गित गाउदै हिड्दै आएका बाबुराम गन्धर्व यसरीले जीवन चली रहेको सुनाउछन । उनले कसै कसैले माग्नको लागि हिडेको जस्तो सोच्ने गरेका भन्दै त्यो चाही नबुझ्नेले मात्र गर्ने गरेको वताउछन ।

संदेश मुलक गित गाउने गन्धर्व सँस्कृति बचाउन अहिले कठिन भएको सुनाउदै डम्बर गन्धर्व आधुनिक ,पप लगायतका गितसंगित गन्धर्वहरुले पनि गाउदै हिड्न थालेको वताउछन । उनले विगतमा गन्धर्बहरुले घटना परिघटना , गाउँघरका सार्वजनिक चासोका विषयलाई संदेशमुलक रुपमा गाउने गरेको मौलिकपना हराउन थालेको समेत जानकारी दिए ।

पुर्वी नेपालको भोजपुरमा गन्धर्व सँस्कृति संरक्षणका लागि विद्यालय सञ्चालन गर्ने विषयमा पहल भई रहेको  टंक गन्धर्व वताउछन । गन्धर्व संस्कृति अरुलाई पनि सिकाएर संरक्षण गर्न  संगीत विद्यालय सञ्चालनको योजना ल्याइएको समेत उनले जानकारी दिए ।

नेपाल एक बहुजाती भाषाभाषीका मानिसहरुको बसोवास रहेको विविद्य धर्म संस्कृति र मौलिक कला सास्कृतिक भएको मुलुक हो । गन्र्धवहरुको पनि आफ्नै मौलिक कला र संस्कृतिहरु रहेका छन। गन्धर्वहरु सहित अन्य जातजाति र भाषाभाषीका मानिसहरुको धर्म संस्कृति र पराम्पराको  जर्गेनामा राज्य गम्भीर बन्नु पर्ने देखिन्छ ।