इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीमा कर्मचारी छनोट प्रक्रिया खारेजीको माग गर्दै विद्यार्थी संगठनहरुले स्थानीय सँग राय सुझाव संकलन गरेका छन ।
जनता बहुमुखी क्याम्पसमा कर्मचारी छनोट प्रकृयामा चलखेल भएको भन्दै नेविसंघ बाहेकका अन्य ६ विद्यार्थी संगठनहरुले विरोधका कार्यक्रम हरु गर्दै आएका छन । कर्मचारी नियुत्ति प्रक्रिया खारेज हुनुपर्ने माग सहित विद्यार्थी संगठनहरुले राय सुझाव संकलन गरेका हुन । उक्त छलफलमा सहभागीहरुले क्याम्पस संञ्चालक समिती लाई विवादित नियुक्तीको विषयमा पुन्नविचार गर्न अनुरोध गर्ने निर्णय गरेका छन । राय सुझाव संकलन पश्चात आन्दोलनलाई थप शसक्त बनाउने विद्यार्थी नेता उज्वल सिग्देलले बताए ।
आन्दोलनकै क्रममा उनीहरुले दुई महिनादेखि क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । प्रक्रिया खारेज गर्नुपर्ने उनीहरूको माग छ । 




















