विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ट्रक कन्टेनरभित्र शव भेटिएको छ । ना ३ ख ४७४३ नं को ट्रक कन्टेरभित्र मंगलवार (आज) बिहान एक पुरुषको शव भेटिएको हो । 

अन्दाजी ३०–३५ वर्षको पुरुषको शव ट्रकभित्र फेला परेको प्रहरीले जनाएको छ । कन्टेनर केही दिनदेखि त्यहाँ रोकेर राखिएको थियो । शवको पहिचान नखुलेको मोरङ प्रहरीले जनाएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीको टोली पुगेर थप घटनाको अनुसन्धान शुरु गरेको छ ।