संखुवासभा । संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
किशोरीलाई बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका–९ पिलुखोला बस्ने २१ वर्षीय दीपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















