काठमाडौ । सिंहदरबारका नायव सुब्बाहरूले आज सोमबारदेखि पेन डाउन सुरु गरेका छन् । नासुभन्दा माथिल्लो तहका कर्मचारीको तलब बढेपनि नासु भन्दा तल्लो तहका कर्मचारीको तलब कम भएपछि आन्दोलन गर्नु परेको निजामति कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बताए । सरकारले प्रस्तावित संघीय निजामति ऐनमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै सोमबारदेखि आन्दोलन सुरु गरेको पोखरेलले बताए ।
उनीहरुले नासुमा काम गरेको १० वर्ष पुगेकालाई एक तह, १० वर्षभन्दा बढी काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् । आफूहरुले राखेको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पोखरेलले बताए ।
उच्चस्तरीय तलबमान आयोग गठन गरेर ट्रेड युनियनलाई समेत राखेर रिपोर्ट बनाएर अघि बढ्नुपर्छ । पोखरेलले भने, ‘सुब्बा र अधिकृतको तलब अन्तर १५ हजार बनाएको छ । उनीहरुले नायब सुब्बाको बढुवामा ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तर सेवाको मूल्याङ्कनको अंकभार राखिनुपर्ने माग राखेका छन् ।




















