इटहरी । इटहरीमा जेजेड ब्युटी पोइन्ट युनिसेक्स सेलुन एकेडेमी एण्ड मेकअप स्टुडियो सञ्चालनमा आएको छ ।
उक्त मेकअप स्टुडियोको निल डेबिड कट्वालले इक कार्यक्रमका विच उद्घघाटन गरेका छन् ।
५ वर्ष सम्म अस्ट्रेलियामा मेकअप स्टुडियो सम्बन्धी कोर्ष सकेर नेपाल आएकी जेनिसा पराजुलीले आफुले सिकेको ज्ञान सिपको को नेपालमै प्रयोग गर्नु पर्छ भन्ने उदेश्यले स्टुडियो सञ्चालनमा ल्याएको बताइन ।
स्टुडियोमा सुरुवाती समयमा ६ जना भन्दा बढिलाइ प्रत्यक्ष रुपमा रोजगारी दिएको उनले बताइन ।
सेलुन एकेडेमी मेकअप स्टुडियोमा महिला र पुरुष दुबै लाई सेवा प्रवाह गर्ने समेत उनले जानकारी दिईन । .कार्यक्रमका प्रमुख अतिथि निल डेबिड कट्वालले सेलुन मेकअप स्टुडियो इटहरीमा संचालनमा आउदा धेरैले रोजगारी पाउनुका साथै सौदर्यका लागी सेवा दिने हुदा आफु धेरै खुसि भएको बताए ।
निल डेबिडले नेपाल , भारतमा समेत हेयर सैलुन तथा ब्युटिपालर संचालन गर्दै आएका छन् र पछिल्लो समयमा उनले दुबइमा समेत पार्लर संचालन गर्न सम्झौता गरेर आएको बताएका छन । त्यसैगरी मेकअप एकेडेमी एण्ड मेकअप स्टुडियो सञ्चालनमा आउदा धेरै युवा युवतीले रोजगारी पाउने अवसर दिलाउन सहज हुने इटहरी उपमहानगर पालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलले आशा व्यक्त गरे ।
उनले इटहरी व्यवसायीक हवको रुपमा परिचित हुदै गरेको समयमा यस प्रकारका व्यवसायले थप युवायुवतीहरुमा व्यवसायप्रति उर्जा थपिने विश्वास व्यक्त गरे ।




















