इटहरी ÷ इटहरीका ब्यवसायी बजरङ्ग अग्रवालले  आफ्नै घरमा काम गर्ने कामदार महिलालाई जबरजस्ती करणी प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको छ ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्काका अनुसार इटहरीका ब्यवसायी बजरङ्ग अग्रवालले आफ्नै घरमा काम गर्ने महिलालाई जबरजस्ति करणी प्रयास गरेको भन्दै उजुरी परेको हो ।

शुक्रबार उजुरी परे लगत्तै खोजी गर्दा आरोपी अग्रवाल फरार भइसकेको र खोजिको निम्ति प्रहरी परिचालन गरएको डिएसपी खड्काले जानकारी दिए ।

घटनाको शुक्ष्म अनुसंधान गरी पिडितलाई न्याय र दोषिलाई कारवाहीको दायरामा ल्याउने कुरामा आफु प्रतिबद्ध रहेको डिएसपी खड्काले बताए । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ । आरोपी अग्रवाल राईस मिल र ग्रिन प्लाई उद्योगका सञ्चालक समेत हुन् ।

प्रहरीमा उजुरी परिसकेपछी पनी मिलाउने प्रयास भइरहेको छ  । पिडीतलाई विभिन्न प्रलोभन देखाएर जबरजस्ति करणी प्रयास को मुद्धा मिलाउने खेल सुरु भएको छ ।

एउटा घटना लुकाउन अर्को अपराध को जालो बुनिदै गर्दा प्रहरीको ध्यान भने त्यता तर्फ पुग्न सकेको छैन ।