सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आँखा अगाडि मृत्यु देखेर आएको हु आफू कसैसँग पनि नडराउने बताए  । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


नेपालमा भरोसा गर्न लायक मान्छे नभएकाले आफू राजनीतिको फोहोर सफा गर्न  मैदानमा आएको उनले बताए । उनले महलमा बसेर आराम गर्ने नेतृत्व फेर्नुको विकल्प नरहेको पनि बताए । अब सङ्कल्प गरेर राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । देशको भविष्य निर्धारण गर्न विधिको शासन आवश्यक हुन्छ । विधि मिच्नेहरूबाट देशको भविष्य खोज्न सकिँदैन।’ उनले नेताहरुले गरेको गल्तीको एक एक हिसाब खोज्नु पर्ने बताए । उनले आफूहरुले कालिकोटमा अस्पताल बनाउँदा चरित्र हत्या गरिएको तर अहिले सयौं नागरिकले उपचार पाइरहेको समेत बताए ।