इटहरी  ।  इटहरीमा होटल व्यवसाय र अपराध न्युनीकरण सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । शनीवार इटहरी स्थित होटल इन्टुरीष्ट प्यालेसमा विभीन्न सुरक्षा नीकायका पदाधीकारी,होटल व्यवसायी र इटहरी नगर प्रमुखबीच होटलमा हुने अपराधीक गतिविधी न्युनीकरणका सम्बन्धमा छलफल गरीएको थियो । र अब देखि इटहरीमा राति ११ बजे सम्म खुल्ने र यसरी होटलहरु रातको समयमा संचालनम आउदा  पर्यटकहरुलाइ रातको समयमा सहज हुने छ । उत्त कार्यक्रममा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा आयोजीत कार्यक्रमका विशीष्ट अतिथी समेत रहेका सुनसरी जील्ला प्रमुख जील्ला अधीकारी इन्द्रदेव यादवले प्रसासन र होटल व्यवसायिहरुवीचका सम्बन्धका लागि कार्यक्रम गर्ने र समिति गठन गर्ने मानव व्यवस्थापन , जोडिहरुको व्यवस्थापन हटाउन सामुहिक रुपमा काम गनुपर्ने , समस्या भए स्थानिय प्रहरीमा खवर गर्नुपर्ने साथै नियमन गनुपर्नेमा सबैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो ।20220730_094453

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इटहरी उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले व्यवसायीहरुलाइ मर्यादित बनाउने , सबैलाइ करको दायरामा ल्याउने र स्थानिय उद्योग  र पर्यटन स्थानिय सरकारको एकल अधिकार रहने र अनुगमन समिति निमार्ण गरि करको दायरामा रहेकालाइ स्वयम घोषणा गरि राजश्वमा जोडिन आहवान गरे र जरिवाना मिनाह गर्ने साथै भाडादर निधारर्ण गर्ने समेत बताए । साथै उत्त कार्यक्रममा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल , सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , सुरक्षा निकायका प्रमुखहरु र इटहरी ६ नम्बरका वडा अध्यक्ष दिवश पाख्रेलको सहभागिता रहेको थियोे ।20220730_093922