इटहरी । विगत पाँच वर्ष यता देखि इटहरी क्षेत्रमा सरसफाईका साथै सामाजिक गतिविधिमा गर्दै आएको बुल्स एएलेभेन क्लवका अध्यक्ष पुर्ण राईले बेहोस अवस्थामा भेटिएकी एक महिलालाई उद्धार गरेर उपचार गराउदै आएका छन ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ धरान रोडमा रहेको लण्डन होटल अगाडी बेहोस अवस्थामा लडि रहेकी इटहरीकै वडा नम्बर ८ भुर्कीकी फुलकुमारी चौधरीको उद्धार गरी राईले उपचारमा सहयोग पुर्याएका हुन ।
थेरापी सेन्टरमा थेरापी गर्न आएकी चौधरी बेहोस भएर लडेको अवस्थामा फेला पारी बुल्र्स एलेभेनका अध्यक्ष राईले इटहरीमै रहेको अधिकारी मेडिकल हलमा पुर्याएर उपचारमा सहयोग गरेको वताए । आफु बाटोमा हिडिरहेको समयमा बेहोस अवस्थामा लडेको देखेर मानवीय नाताले सहयोग गरेको राईले जानकारी दिए ।




















