काठमाडौं । प्रहरी समायोजन साउन महिनाभित्र गर्न अल्टिमेटम दिएका प्रदेशका  गृहमन्त्रीहरुको  शीर्ष नेताहरुलाई दबाव दिन काठमाडौं आएका छन् ।

आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका उनीहरुले केहीबेरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्दै छन् । साढे ४ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जाने उनीहरुको तयारी छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्न बालुवाटार जाने मधेश प्रदेशका गृहमन्त्री भरत प्रसाद साहले जानकारी दिनुभयो  ।

२३ असारमा जनकपुरमा भएको प्रदेशका गृहमन्त्रीहरुको बैठकले साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित जनकपुरमा  ७ बुँदे  घोषणापत्र जारी भएकको  थियो ।