काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पारेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले पार्टीको केन्द्रीय समितिको बैठकमा सो ब्रिफिङ गरेका हुन् ।

आर्थिक संकटका बीच सरकारले नेपाल  प्रहरीका लागि महँगो शुल्कमा हतियार किन्न लागेको भन्दै यतिबेला चौतर्फी आलोचना भइरहेको छ । उनले भने, हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । हतियार किन्ने योजना  सरकारको पनि छैन । हतियार किन्ने पैसा पनि छैन ।