इटहरी । सुनसरी र मोरङको सीमानामा रहेको बुढीगंगा जमूना मुक्तिघाट इटहरीको तटमा शिवगंगाा महा आरतीको सुरुवात  हुने भएको छ ।

यही श्रावण २ गतेदेखी बुढीगंगा जमूना मुक्तिघाटमा सन्ध्याकालिन आरती हुने महाशिव गंगा आरती आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

सीवसेना नेपालको संयोजकत्वमा भएको उक्त कार्यक्रममा गंगाामाताको आशिर्वाद प्रप्त गर्ने सौभाग्य इटहरीवासीले पाएको उल्लेख गर्दै समितिले सदा सर्वदा यो गंगा आरती गर्न सक्ने अवस्था सीर्जना गरेर इटहरीलाइ धार्मीक आस्थाको केन्द्र बनाउनुपर्ने जनाएको छ ।

बुढीगंगा जमूना मुक्तिघाट इतीहास बोकेको स्थानख भएको तर इतीहास नखोजेर पछाडी परेको बताउदै सीवसेना नेपाल सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्यले उक्त क्षेत्रलाइ धार्मीक पर्यटकीय क्षेत्रको रुपमा बिकास गरीने जानकारी दिए । 

पहिले भन्दा भव्यताका साथ सन्ध्याकालीन आरतीलाइ निरन्तरता दिइने समितिका संयोजक टि.आर.भुजेलले बताए 

घाटमा देह विसर्जन भएका सम्पुर्ण आत्माको बैकुण्ठ बासको लागी ब्राह्मणहरुद्धारा बेद मन्त्र पाठ सहित मुक्तिको कामना गरीने जानकारी गराइएको छ ।