इटहरी । प्रदेश सभाको समयावधि सकिन पाँच महिना मात्र बाकी रहेको समयमा १ नम्बर प्रदेश सभाले प्रदेशको नामनै नराखी सकिने आशंका वढी रहेको छ । मुलुक संघीयतामा गएसंगै ७ वटा प्रदेशमा विभाजन गरिएकोमा ६ वटा प्रदेशले नाम राखिसकेका छन भने १ नम्बर प्रदेशले भने हाल सम्म नाम जुराउन सकेको छैन । प्रदेश सभाको समयावधि नसकिन लागेको समयमा नामकै लागि प्रदेश सभाको वैठक राख्ने तयारी भई रहेको छ । तर सत्तामा रहेका गठवन्धनका दलहरु विचमै नामका विषयमा सहमति जुट्न सकेको छैन ।292901119_1178037652771093_25802995242809574_n 

संघीयता पछिको पहिलो प्रदेश सभाको समय सकिन थोरै महिना मात्र बाकी रहेको समयमा १ नम्बर प्रदेश सभाले हाल सम्म नामनै राख्न सकेको छैन । नामका विषयमा दलहरुविच सहमति जुट्न नसक्दा प्रदेशको नामका विषयको अन्यौल कायमै रहेको छ ।293363827_1098656367395462_308218206887083794_n

 सरकारमा रहेको सवै भन्दा ठुलो दल नेपाली काँग्रेसले सप्तकोशी नाम प्रस्ताव गरेको छ । सरकारको नेतृत्व गरेका मुख्य मन्त्री राजेन्द्र राई भने पहिचानको विपकल्पमा आफु नभएको अझै दावी गरिरहेका छन । सुनसरीको इटहरीमा आयोजित एक प्रदेश एक सांस्कृतिक कार्यक्रमको समापनका प्रमुख अतिथी समेत रहेका राईले आफु किराँतको पक्षमा अझै अडिक रहेको वताएका हुन  । उनले आफुहरुले मान्दै आएको देवी देवताको कसम खादै मुख्य मन्त्री ,दल त्याग्नु परेपनि आफु त्याग्न तयार रहेको तर नामका सवालमा पहिचानकै पक्षमा रहेको स्पष्ट पारेका हुन ।293255507_1242545156510768_6647797578306062494_n

 संघीय सरकारको आर्थिक सहयोग तथा १ नम्बर प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना तथा किराँत समुदायसंग आवद्ध राई लिम्वु ,याख्या र सुनार जातिको संयुक्त संयोजन रहेको कार्यक्रमको समापन समारोहलाई मुख्य मन्त्री राई सम्वोधन गर्दै थिए ।

 दुई दिन सम्म चलेको सो कार्यक्रमा किराँत समुदायका विभिन्न पक्षका विषयमा  डा.तारामणी राई , प्रेम एक्तेन लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो दिन जातिय झाकी ,भेषभुषा र खानाको प्रर्दशनी सहित कार्यक्रम समापन गरियो ।