काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले पार्टी सभापति शेरबहादुर देउवा माथि सबैले गर्व गनुपर्ने  बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यलय सानेपामा बुधबार बसेको केन्द्रिय समितिको बैठकमा बोल्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका कार्कीले शेरबहादुर देउवा  सभापति भएकै कारण थोरै सिट हुदा हुदै पनि कांग्रेसको नेतृत्वमा सरकार बनेको समेत बताउनुभयो । 

उनले भने हामीले हाम्रो सभापतिमाथि गर्व गर्व गर्नुपर्ने अस्था छ । र थोरै सिट हुदा हुदै पनि हामी सरकारमा मात्र छैनौ । स्थानिय तह निर्वाचनबाट मुलुकको ठुलो दल बन्न सफल भएका छौ । मन्त्री कार्कीले भने केन्द्र ,प्रदेशमा र गाउँगाउँमा  कांग्रेस आज छ । गठबन्धनका समस्या हल होलान् र समस्या समाधान गर्दै जानुपर्छ ।देशलाई राजनितिक स्थाइत्व दिन गठबन्धन सरकारको निरन्तरता हुन जरुरी छ । मन्त्री कार्कीले भने  पार्टीभित्र आन्तरिक एकता कायम गर्नुपर्छ । 

नेपाल सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भने अहिलेको सरकारले सुशासन दिएको दाबी गरे ।

उनले भने हिजो हप्तैपिच्छे करोडौको भ्रष्टचार भएको मात्र समचार आउँथे र अहिले देशमा सुशासन कायम भएको मन्त्री कार्कीले दाबी गरे ।गत स्थानिय तह निर्वाचनले नेपालि जनताको मनोविज्ञानमा परिर्वतन ल्याएको उनको भनाइ थियो । र आन्तरिक एकतालाइ बलियो बनाएर नेपालि कांगे्रसलाइ मुलुककै सबै भन्दा ठुलो र भरोसायोग्य पार्टी बनाउनुपर्ने । उनले भने अर्थतन्त्र कमजोर छ तर ढुक्क हुनुहोस् म दाबी गर्छु देश श्रीलंकाको बाटोमा जादैन नेपाललाइ पुग्ने स्रोतसाधन देश भित्रै उत्पादन गरेर विकास गर्न सकिन्छ मन्त्री कार्कीले बताए ।