काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेका छन् ।
सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यकक्षमाकुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरुले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट समेत फालिदिएका छन् ।
सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत ९ जना उपकुलपति बास्कोटालाई ज्ञापन पत्र बुझाउन गएका थिए ।
हामी उपकुलपतिज्यूलाई शैक्षिक बेतिथी रोक्न ज्ञापन पत्र बुझाउन गएका थियौं । गेटबाटै हामीलाई प्रहरी परिचानल गरी पक्राउ गरेपछि सामान्य तोडफोड भएको हो ।
अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सर शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएको पराजुलीले बताए ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले उक्त घटनाको विरोध गरेको छ । राज्यसत्ताको आडमा प्राज्ञिक क्षेत्रलाई रणभूमि बनाउन खोजेको भन्दै अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले विरोध जनाका थिए ।
विश्वविद्यालयमा लगाएको ताला वार्ता र सहमतिका आधारमा तुरुन्तै खुलाएर नियमित काम र्काबाहि अगाडि बढाउन अनेरास्ववियुले त्रिवि प्रशासनसँग माग गरेको छ ।




















