तनहुँ । पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको हो  । 

बिहान करिब ४ बजेदेखि पहिरोका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको छ । पहिरोका कारण पूर्णरुपमा अवरुद्ध राजमार्ग डोजर र स्काभेटरको  सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो  । 


पहिरो पन्छाएपछि अहिले निर्वाधरुपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको खड्काले बताउनुभयो ।