धरान । राष्ट्रिय परिचय पत्र बनाउन इलाका प्रशासन कार्यालय धरानमा अत्याधिक भिड लाग्न थालेपछि सेवाग्राहीले सास्ती भोग्नु परेको गुनासो गर्न थालेका छन ।  

सेवाग्राहीहरुको भिड अत्याधिक हुन थालेपछि राष्ट्रिय परिचय पत्र सहित अन्य कामका लागि समेत समय धेरै लाग्न थालेको सेवाग्राहीहरुले गुनासो गरेका हुन ।

राहदानी बनाउदा समेत राष्ट्रिय परिचय पत्र नम्बर अनिर्वाय गरिएका कारण राहदानीका लागि फर्म भर्न जानेहरुको संख्या समेत  धेरै भएका कारण पनि एकै दिनमा काम सकिने अवस्था नभएको धरान १४का पंकज घिमीरेले गुनासो गरे ।vlcsnap-2022-07-01-16h03m26s793

नेपाली नागरिकहरूको वैयक्तिक र जैविक विवरणहरूको केन्द्रीकृत रूपमा भन्डारण तथा अभिलेख गरी सबै नागरिकको परिचय खुल्ने बहुउपयोगी राष्ट्रिय परिचय पत्रको नेपाल सरकारले अवधारणा ल्याएको भएपनि धरानमा त्यसका फोटो खिच्ने कार्य नै झण्झटिलो भएको सेवाग्राहीहरुले गुनासो गरेका हुन ।

बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले शुरु गरेको राष्ट्रिय परिचयपत्र लिन सर्वसाधारणलाई झन्झटिलो भई रहेको गुनासो आएको वताउदै इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराईले सुनसरीमा जिल्ला प्रशासन कार्यालय सुनसरी इनरुवा र इलाका प्रशासन कार्यालय धरानबाट मात्र हुने गरेका कारण समेत सेवाग्राहीको भिड वढी भएको जानकारी दिए ।

इलाका प्रशासन कार्यालय धरानबाट मात्र १ लाख ७६ हजार जनालाई राष्ट्रिय परिचय पत्र दिनुपर्ने भएकोले पनि भिड धेरै भएको तथा समय बढी लागेको वताइएको छ ।