काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी जनयुद्ध’प्रति लक्षित गर्दै त्यो कसका विरुद्ध र के उद्देश्यका लागि भएको थियो भन्ने अहिलेसम्म प्रस्ट हुन नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले संविधानले कानुनी र शान्तिपूर्ण रुपमा अघि बढ्न ठाउँ दिएको अवस्थामा राजनीतिक अधिकारका नाममा हिंसात्मक गतिविधिको औचित्य नहुने बताए ।

माओवादी जनयुद्धको नाम नलिइकन उनले जनयुद्धतर्फ नै लक्षित गर्दै भने, ‘तर देश हिंसामा गयो, कसका विरुद्ध, के प्राप्तिका लागि भन्ने अहिलेसम्म टुंगो लागेको छैन । गणतन्त्रका लागि थियो भने गणतन्त्र नआइकन त्यो टुंगियो, गणतन्त्र दिन्छु भनेर कसैले प्रतिवद्धता जनाएको पनि थिएन ।उनले आन्तरिक राजनीतिमा प्रणालीगत मतभेद हुँदा बाह्य नीतिका सम्बन्धमा पनि मतभेद हुने बताए ।