काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मंगलबार निर्वाचन आयोग जाँदै हुनुहुन्छ ।

विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानार्षण गराउने कार्यक्रम छ ।

महामन्त्रीद्वयले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर यसबारेमा ध्यानाकर्षण गराउनुहुनेछ ।