काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। सोमबार उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय निर्वाचनमा भएको विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय चुनावमा झन्डै चार लाख रूपैयाँ खर्च भएको छ।

खर्च सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन्, 'खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो। तर विभिन्न कारणले ढिलो भएकामा माफी चाहन्छु । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ  भएको छ।

बालेनका अनुसार यसमध्ये मतगणनाको समयमा मात्रै एक लाख रूपैयाँभन्दा बढी खर्च भएको थियो।

मतगणना ढिलो भएर निर्वाचन प्रक्रिया लामो र बोझिलो हुनुका साथै उम्मेदवारका लागि महँगो भइरहेको बताउँदै उनले यसमा सबैको ध्यान जान जरूरी रहेको बताएका छन्।

हेनुहोस बालेन शाहले गरेको स्थानिय निर्वाचनको खर्च