इटहरी : मोरङको बेलबारी-११ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
आज दिउँसो १२ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बेलबारी-१० का ३१ वर्षीय कुसुमलाल धिमाल र मोटरसाईलकमा सवार पथरीशनिश्चचरे -६ का २८ वर्षीय रमेश धिमाल घाइते भएका छन् ।
दुर्घटनाबाट घाइते भएका उनीहरूको उपचारको लागी नोबेल अस्पताल विराटनगर लगिएको छ । र कुसुमलालको चेकपको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।




















