काठमाडौँ । पेट्रोलियम पदार्थको  मूल्य वृद्धि भएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ।  मूल्य वृद्धि भएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि  बढेको छ। 

इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्था अनुरूप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ। 

अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ। 

 पहाडी रुटमा  चल्ने मालबाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईका बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ। 

स्थानीय रूटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने  यातायात व्यवस्था विभागले जनाएको छ। 

नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ तथा डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो। 

हेर्नुहोस् बढेको भाडादरको  मुल्य सूची