इटहरी । उद्योगी तथा ब्यबसायीहरुको छाता सङगठन उद्योग बाणिज्य संघ सुन्दरदुलारीको ६औं बार्षिक साधारण सभा सुरु भएको छ ।  

मोरगंको सुन्दरहरैचा नगरपालिका क्षेत्रका उद्योगी व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघ सुन्दरदुलारी ६औं साधारण सभा गछियामा सुरु भएको हो ।

  उद्योगी व्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्ने गरी २०७१सालमा स्थापना भएको उद्योग वाणिज्य संघ सुन्दरदुलारीले नयाँ नेतृत्व चयन गर्ने गरी साधारण सभा सुरु गरेको छ । उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष किशोरकुमार कार्कीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । अधिवेशन सहितका साधारण सभाको खुल्ला सत्रमा विभिन्न विद्याका तीन जनालाई सम्मान गरियो । पत्रकारिताका क्षेत्रमा एलएन गच्छदार , विद्यार्थी नितेश गौतम र पुराना व्यवसायी हरि साह सम्मानित भएका हुन । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले कदर पत्रले सम्मान गरेका थिए ।288021071_592411945485226_2011101055738484062_n

  साधारण सभामा बोल्दै सवल र सक्षम समिति चयनका लागि कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ , जिल्ला समन्वय समिति मोरगंका प्रमुख अजम्वर राई ,उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १का उपाध्यक्ष भिमबहादुर पौडेल , सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई उपप्रमुख अकली देवी चौधरी लगायतले शुभकामना दिएका थिए । साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै समापन हुने उद्योग वाणिज्य संघ सुन्दरदुलारीका सचिव जिवन ढुंगानाले जानकारी दिए । 20220618_134107