भक्तपुर । मनसुन चाँडै सुरु भएकाले भक्तपुरमा धमाधम धान रोपाइँ सुरु हुन थालेकाे छ।

 असार नलाग्दै मनसुन सुरु भएका कारण भक्तपुरमा पनि चाँडै धान रोपाइँ सुरु भएको हो। तर किसानहरू यसरी धान रोपाइँमा लागि रहँदा उनीहरुका मुख्य समस्या भने सम्बन्धित निकायबाट सम्बोधन हुन भने सकेका छैन।

भक्तपुरमा यस पटक चाँडै धान रोपाइँ सुरू भएको छ। मुख्यतया धान रोप्ने सिजन सुरु नहुँदै असारे पानी पर्न थालेपछि खेतमा गएर रोपाइँ गर्न किसानहरू व्यस्त हुन थालेका छन्। अहिले भक्तपुरको गुण्डुमा यसरी धमाधम धान रोपाइँ हुन थालेको छ।

यहि कारणले पनि धान रोप्ने मौसम नहुँदै किसानहरू आफ्ना खेतीबारीमा धान रोप्न व्यस्त हुन थालेका हुन्। ५० वर्षदेखि खेती किसानी गर्दै आएकी यी महिलालाई अहिले पनि आफ्नो कृषि पेशाप्रति उत्तिकै सम्मान छ। जीवन धान्न अन्न चाहिने भएकाले परिश्रम गर्नुपर्ने उनको भनाइ छ।

धान रोपाइँ धमाधम भएपनि यस वर्ष युरिया मल पनि उपलब्ध हुन नसकेका कारण यहाँका किसानहरू चिन्तित छन्। मनसुनलाई पछ्याउँदै प्रत्येक वर्ष धानको बिउ राख्नेदेखि लिएर आली लाएर धान रोप्ने नियमित कर्मलाई यहाँका किसानले छाड्न सकेका छैनन्।

यद्यपि किसानहरू यसरी धान रोपाइँमा लागि रहँदा किसानका मुख्य समस्या भने सम्बन्धित निकायबाट सम्बोधन हुन  आवश्यक देखिन्छ।