पूर्वाञ्चल विश्व बिद्यालयको आयोजनामा एक दिने नविन चिकित्सक फार्मेसि अभियास गोष्ठि सञ्चालन गरिएको छ । बिद्यालयको स्वास्थ्थ साखा भवनमा शुक्रबार अयोजना गरिएको कार्यक्रममा फार्मेसि क्षेत्रमा आवद्ध करिब ३० जनालाई फार्मेसि सम्बन्धि अभ्यासबारे जानकारी गराईएको थियो । अन्तराष्ट्रिय स्तरका बिज्ञबाट प्रशिक्षण गराएर प्रदेश १ मा फार्मेसि क्षेत्रमा आवद्ध बिज्ञहरुको स्तरउन्नती गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विश्व बिद्यालयका डिन डा। शैलेश मनी पोख्रेलले जानकारी दिए ।
डा. सुबिस पलाईन ले सहजिकरण गरेको उक्त कार्यक्रम अन्तराष्ट्रिय स्तरमा फार्मेसि क्षेत्रमा भएका नया अभ्यासलाई केन्द्र बिन्दुमा राखेर सञ्चालन गरिएको थियो । बिगत लामो समय देखि नर्सिङ, फार्मेसि,जनस्वास्थ्थका कार्यक्रमहरु सञ्चालन गर्दै आएको पूर्वाञ्चल विश्व बिद्यालयले आगामी बर्ष देखि स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने उदेश्य रहेको जनाएको छ । बिद्यालयले आउने आर्थिक बर्ष देखि १ सय सैयाको अस्पताल पनि संञ्चालनमा ल्याउने भएको छ । उक्त गोष्ठिमा कोशी अस्पताल ,बिराट टिचिङ अस्पताल, विपि कोईराला स्वास्थ्थ बिज्ञान प्रतिष्ठान लगायत पूर्व क्षेत्रका अस्पतालमा फार्मेसि क्षेत्रमा कार्यरत बिज्ञहरुको सहभागिता रहेको थियो ।




















