इटहरी । नेपालको पुर्वी क्षेत्रमा रहेका तामाङ जातिहरुको भेष,भुषा,संस्कृतिलाइ जगेर्ना गर्ने उदेश्यले अभियान नामक चलचित्र छायाङ्कन गरिएको छ ।
शुक्रवार इटहरी स्थित तयारिप्सि भवनमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको हो ।
तामाङ र आदिवासी जनजातिहरुबिच परापुर्वकाल देखि चलिआएको,सस्कृति भेष,भुषा रहनसहनलाइ ग्राहेता दिएर चलचित्र “अभियान”को छायाङकन गरीएको हो ।
कोशी भिजन फिल्मको प्रस्तुतिमा “अभियान’’ नामक चलचित्र धनकुटाको उतरी भेग उतरपानि भन्ने ठाउँमा छायाङकन गरिएको थियो । पहिलो पटक काठमाडौँ भन्दा बाहिर छायाकन भएको यस चलचित्रका लेखक ÷निर्देशक लाखमान योन्जन तामाङ रहेका छन । उक्त चलचित्रमा स्र्वगिय जयनन्द लामा , अमर पाखी्रन तामाङ , दावा फिन्जो तामाङ , श्याम माया तामाङ , रश्मिला वाइवा तामाङ , पुजा तामाङ , सन्ताष सराकार , रितेश जंग खत्रि , दिनेश तामाङ , दिनेश कोइराला , मदन राइ , सम्भु योन्जन तामाङ , गजम घिसीङ , कमल राइ , मेनुका राइ, कुमारी लिम्बु , कृष्ण काफ्ले, सन्तोष राइ , नुनु बोम्जन तामाङ लगायतका कलाकारहरुकोे अभिनय रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल चलचित्र महासंघकाप्रदेश नम्वर १ का अध्यक्ष अरुण कुमार प्रधानले केन्द्रिय स्तरमा बनेका चलचित्र सहज रुपमा प्रशारण हुने तर मोफसलमा बनेका चलचित्र हरुको प्रशारण प्रक्रिया झन्झटिलो रहेको भन्दै गुनासो व्यक्त गरे । 




















